फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा २०.२५% ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा २०.२५% ले घटेर ५ करोड ६ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ३७ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ३३.२७% ले घटेर ८ करोड १ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा २०.५२% ले घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ छ ।
असोज मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३८ पैसाले घटेर १७ रुपैयाँ ६६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा छ ।