चांगन डीपल एसएल०३ नेपालमा भित्र्याइने

काठमाडौँ । आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल०३ नेपालमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।
सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा एमएडब्लु ग्रुपले केही साता अघि गरेको थियो । डीपल एसएल०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभूषित कार हो ।