काठमाडौं । मेरो ट्रिब्युन अनलाइन मिडियाका सस्थापक अध्यक्ष ब्रबिम कार्की हुन् । यस मिडियामा प्रख्यात विचारक र नेताहरुले आफ्ना लेख प्रकाशित गरेका पाइन्छन् ।
यसमा केंनेथ रोगोफ जो हार्वर्ड विश्व विद्यालयका प्रोफेसेर, जेफ्फ्रे स्याक्स, जो प्रख्यात अर्थशास्त्री हुन् र जसले थुप्रै सयुक्त राष्ट्रसंग्घका महासचिवका सल्लाहाकारका रुपमा काम गरेका छन् । उनले आफ्ना लेख यस मेरो ट्रिब्युन अनलाइन मिडियामा प्रकाशित गर्छन् ।
त्यस्तै मनेका गान्धी जो भारतको बिजेपी नेता र भारतका भुत पुर्व मंत्री हुन् उनले पनि यसमा लेख लेख्ने गरेकी छिन । त्यस्तै बिबेक देब्रोय, जो भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीका आर्थिक परिषदका सल्लाहकार हुन् उनले पनि आफ्ना बिचार र लेख यसमा प्रकाशित गर्ने गरेका छन् । यसका अध्यक्ष कार्कीले विश्वका प्रख्यात नेताहरु संग राम्रो सम्बन्ध बनाएका छन् ।
उनले विश्वका नेता, मन्त्रि, प्रधानमन्त्री, तिनका सल्लाहकार संग राम्रो सम्बन्ध बनाएका छन् । उनले नाटो जस्तो शक्तिशाली सस्थाको प्रमुख संग पनि राम्रो सम्बन्ध बनाएका छन् । कार्कीले बरु नेपालको नेता खासै चिन्दैनन् केहि सिमित् नेता चिन्छन तर विदेशी नेताहरु सग राम्राे सम्बन्ध भएकाे बताउँछन् ।
उनले यो सम्बन्ध आफ्नो लेखन कला र मिडिया मार्फत बनाएका हुन् । उनी सम्झंछन काेरोनाका बेला उनलाई भ्याक्सिन नपाएर सार्है गाह्रो परेको थियो । नेपालका नेता उनले खासै चिनेका थिएनन । त्यसैले उनले भारतका अहिले विदेश सचिव विनय क्वात्रालाई भने र उनले सहयोग गरेका थिए ।
उनको यो सम्बन्ध बारे बिस्तारै नेपालका नेताहरुलाई जानकारी हुन् थालेको छ । तर पनि उनि भन्छन नेपालका नेतालाई भेट्न तिनका स्वकीय सचिव मार्फत् जानुपर्छ तर तिनले राम्रोसंग ब्रिफ गर्न नसेकाका कारण कार्कीले खासै नेपालका नेतासंग भेटेका छैनन् । उनको सम्बन्ध नेपालका सिमित् नेताहरुसंग मात्र छ ।