त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनलमा नेपाल पराजित

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको फाइनल खेलमा नेपाल यूएईसँगै पराजित भएको छ। त्रिवी क्रिकेट मैदान भएको खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाई १६२ रन बनाएको थियो। १६३ रनका लक्ष्य पाएको यूएईले २० ओभरमा एक बल बाँकी रहँदा ६ विकेट गुमाई १६७ रन बनाइ जित हासिल गरेको हो।
यस अघि भएका ४ वटै खेलमा सानदार जित हासिल गरी फाइनलमा पुगेको नेपाल उपाधि चुम्नबाट बञ्चित भएको हो।