आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाडौं । आज विजया दशमी, अर्थात टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैंकाे टीकाकाे उत्तम साइत मध्यान्ह ११ बजेर २ मिनेटमा निकालेकाे छ । त्यस अघि देवि बिसर्जन गरी मान्यजनबाट देवीकाे प्रसादकाे रूपमा टीका लगाउने गरिन्छ । टीका ग्रहण गर्दा पूर्वी माेहडा फर्किएर बस्नु उत्तम मानिन्छ ।
कार्तिक ११ गते सनिवार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ । नेपालका धेरै जसाे भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउने गरिए पनि केही भागमा भने दशमीकाे दिन मात्र टीका लगाउने गरिन्छ ।
नेपाल मात्र नभएर नेपाली भाषी रहेका स्थानसम्म दशैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैं मनाउने गर्छन् । दशैंमा बिभिन्न पेशा व्यवसाय गरेर थातथलाे भन्दा टाडा रहेकाहरू पनि उत्साहित हुँदै सपरिवार घर फर्कने गर्छन् ।
यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा पनि दिइएकाे छ ।