६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।