हमासले पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक गर्यो
काठमाडौं । हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडियो सार्वजनिक गरेको छ।
अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो। हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।
भिडियोमा एउटी महिलाले आफ्नो नाम माया शेम हो, उनी २१ वर्षकी र इजरायलको शोहम सहरकी हुन् भनी बताएकी छिन् ।
इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताइन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छिन् ।
भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ।
एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ।
सेनाले विज्ञप्तिमा भनेको छ, “यस समयमा हामी सबै बन्धकहरूको फिर्ताको लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं।”
मायाको फोटो बीबीसीले सार्वजनिक गरेको हो । बीबीसीले आफीले सामान्यतया बन्धकहरूको फोटो वा भिडियोहरू प्रसारण नगर्ने तर माया शेमको परिवारका प्रवक्ताले फोटोहरू देखाउन सहमत भएकोले फोटो सार्वजनिक गरिएको जनाएको छ ।