छैटौँ वार्षिकोत्सवमा सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई पाँच लाख सहयोग
![IMG_1296 IMG_1296](https://www.arthikpati.com/wp-content/uploads/2023/10/IMG_1296-1024x683-3984x2656.jpg)
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाकालको छैटौँ वर्ष पूरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ ।
छैटौँ वर्ष पुरा भएको सुखद अवसरमा, ‘सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा’ भन्ने मूल नाराका साथ ७७ वटै जिल्लामा करिब ४० हजार विद्यार्थी सहित (मात्र रु १०० प्रति विद्यार्थी प्रति महिना) ८३ वटा समता विद्यालय सञ्चालन गरिरहेको छ ।
२३ वर्षको शैक्षिक इतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्र्थीक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित र १७०० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन दिँदै आएको छ ।
कम्पनीले आज कम्पनीका अध्यक्ष श्री प्रदीप जङ्ग पाण्डे, संचालक समितिका तीन सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री दशरथ मणि खड्का ज्यू द्वारासमता एजुकेसन फाउन्डेसनका निर्देशक श्री दीपक सन्जेलज्यू लाई रु। ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृत्ति अशय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।