कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सेवा सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको छ ।
उक्त सम्झौता वमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको इन्स्टा फण्ड ट्रान्सफर मार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर गर्दा सेवा शुल्क वापत मात्र १ रूपैयाँ लाग्नेछ ।
यो योजना २०८० कार्तिक १ गतेदेखी लागु भई पौष मसान्तसम्म लागु हुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ ।
बैंककाे हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल सञ्चालनमा रहेकाे छ ।