समृद्धि फाइनान्सको बडा दशैं अफर, “समृद्धिबाट रिचार्ज अब फ्रि चार्ज हुनेछ” योजना सार्वजनिक
काठमाडौं । समृद्धि फाइनान्सले बडा दशैं २०८०को उपलक्ष्यमा “Samriddhiबाट Recharge अब free charge हुनेछ” योजना ल्याएको छ । यो योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी ५०० रूपैयाँ वा सो भन्दा बढी रकम टप अप गर्दा ५ जना भाग्यशाली ग्राहकहरुले १०० % क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना २०८० सालको असाेज २८ गते देखि कार्तिक ११ गते सम्म लागु हुनेछ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।