सानिमा बैंकको एजीएम आज, लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकको आज बिहीबार कात्तिक २ गते वार्षिक साधारण सभा बस्दैछ । बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सानिमाले यसपटक ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ । सभामा यही प्रस्ताव पारित गर्ने एजेन्डा छ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् ।
साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश सेयरधनीको खातामा पाठाउने प्रक्रिया सुरु हुनेछ ।