निर्वाचन आयोगका आयुक्त र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता
काठमाडौं । निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका महामहिम राजदुत H.E. Ms. Lorenzo Veronique ले शिष्टाचार भेट गरेका छन् ।
निर्वाचन आयोग र युरोपियन युनियनबीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा प्रमुख निर्वाचन आयुक्त र महामहिम राजदुतबीच छलफल भएको छ।
छलफलमा निर्वाचन व्यवस्थापन प्रकृयाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा जानकारी दिइएको छ । उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको महामहिमले सो अवसरमा उल्लेख गरे ।
उक्त भेटघाटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा थानेश्वर भुसाल, शाखा अधिकृत श्रवणकुमार लुइटेल तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि विजयराज तण्डुकार समेतको सहभागिता रहेको थियो ।