जनकपुरमा खुल्यो महिन्द्राको आधिकारिक सोरुम
![picture-1-1697543674 picture-1-1697543674](https://www.arthikpati.com/wp-content/uploads/2023/10/picture-1-1697543674-1024x473-4000x1848.jpg)
काठमाडौं । महिन्द्रा एन्ड महिन्द्राको नयाँ सोरुम धनुषाको जनकपुरधाममा खुलेको छ । नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारीक वितरक अग्नि ग्रुपले सोरुम सञ्चालनमा ल्याएको हो ।
सोरुममा कम्पनीका फ्ल्यागसिप ग्लोबल एसयूभी –स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गर्दै बिक्रीमा राखेको छ ।
सोरुमबाट सेवा र पार्टपुर्जासहितको सेवा दिने कम्पनीले बताएको छ ।
सोरुमको उद्घाटन नेकपा (एमाले)का सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ र महिन्द्रा एन्ड महिन्द्राका उपाध्यक्ष जोयदीप मोइत्रा, महिन्द्रा एन्ड महिन्द्राका नेपाल प्रमुख चैतन्य कगलकर र अग्नि ग्रुपका उपनिर्देशक बर्दान बस्नेतले गरेका थिए ।