एभरेष्ट बैंकद्वारा साढे २० प्रतिशत लाभांश पारित
![everest-bank-1697544251 everest-bank-1697544251](https://www.arthikpati.com/wp-content/uploads/2023/10/everest-bank-1697544251-1024x497-1083x528.png)
काठमाडौं । एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।
मंगलबार सम्पन्न बैंकको २९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले प्रस्तावित बोनस सेयर वितरण भएपश्चात् हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।