त्रिभुवन विमानस्थलको नयाँ रेकर्ड, २४ घण्टामा ११४ विमानले गरे उडान अवतरण
![TIA-Airport-Tribhuwan1689238407 TIA-Airport-Tribhuwan1689238407](https://www.arthikpati.com/wp-content/uploads/2023/10/TIA-Airport-Tribhuwan1689238407-1024x512-1024x585.jpg)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ रेकर्ड बनाएको छ । विमानस्थलका अनुसार आवागमनमा नयाँ रेकर्ड बनाएको हो ।
यस विमानस्थलबाट पछिल्लो २४ घण्टामा ११४ वटा विमानले उडान अवतरण गरेका छन् । यो हालसम्मकै उच्च आवागमन हो । साथै सोही समयमा १६ हजार ५०९ जना यात्रुले सेवा लिएका छन् ।