काठमाडौंका ३ वटा सडकमा कात्तिक १ गतेदेखि वान-वे सवारी मात्र सञ्चालन हुने

काठमाडौं । काठमाडौंका ३ वटा सडक खण्डमा कात्तिक १ गतेदेखि एकतर्फी (वान-वे) सवारी सञ्चालन हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरेर कात्तिक १ गतेदेखि लागू हुने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी बनाइएको जानकारी दिएको छ ।
यो सँगै अब महानगरको वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल–मिलन मार्गतर्फ जान मात्र पाइने छ ।
यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाइने महानगरपालिकाले जनाएको छ ।
