मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज असोज ३० गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा सोमबार साँझ ५ः०७ बजेसम्ममा १२ लाख १२ हजार १०९ जनाले १ करोड ३८ लाख ८३ हजार ७३० कित्ताका लागि आवेदन् दिइसकेका छन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन ११२.१३ गुणा बढी हो ।
यस लघुवित्तले असोज २५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।