पौभा कलाकारसँग यती डिष्टिलरीको साझेदारी, ओल्ड दरबार ह्विस्कीमा लोक चित्रकारसँग सहकार्य
काठमाडौं । यती डिष्टिलरी प्रालिले १२ महिना फुल्ने फूलहरु प्रिन्ट गरिएको ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की सार्वजनिक गरेको छ । यसका लागि कम्पनीले पौभा कलाकार लोक चित्रकारसगँ रचनात्मक सहकार्य पनि गरेको छ।
चित्रकारले हालसालै ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीका लागि रचना सार्वजनिक गरेका छन् । उक्त कलाकृतिले नेपालमा १२ महिना फुल्ने फूललाई जनाउने ‘बाह्रमासे फलूहरु’ प्रस्तुत गर्दछ ।
कमला श्रेष्ठको कविता ‘कतिको दुःख दिन्छौ कृष्ण’मा उल्लेख भएका २० वटा फूलहरु समेटिएका छन् । ती फलूहरुमा लालीगुँरास, गोदवरी, गुलाफ, चम्पा, चमेली लगायत छन् । ती फलूहरु ओल्ड दरबार ट्वेल्भ इयर्स, ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीको बोटलमा प्रिन्ट गरिएको छ ।
ओल्ड दरबार एक्स लोक चित्रकार लिमिटेड एडिसन (सीमित संस्करण) ९ हजार ५०० बोटलमा मात्र सार्वजनिक गरिएको हो । लिमिटेड एडिसन बोटलहरु असोज २९ गतेबाट काठमाडौं उपत्यका वरपर अधिकतम खुद्रा मूल्य ४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।