मिर्मिरे लघुवित्तको एफपीओमा माग भन्दा झण्डै १०० गुणा बढी आवेदन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा चाैथाे दिनसम्ममा नै माग भन्दा झण्डै १०० गुणा बढी आवेदन परेको छ। लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा लघुवित्तको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा एक अर्ब २२ करोड ९८ लाख ६८ हजार रूपैयाँको आवेदन परेको हो। लघुवित्तको एफपीओमा आजसम्ममा माग गरे भन्दा ९९.३३ गुणा बढी आवेदन दिइएकाे छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेकाे हाे।
सो शेयरका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्ने छन्। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।