दशैं तिहारमा डीडीसीका उत्पादनमा छुट पाइने
काठमाडौं । दशैं, तिहार, छठपर्वका लागि दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनमा छुट दिने भएकाे छ । संस्थानले आफ्ना १४ उत्पादनहरुमा सहुलियतको घोषणा गरेको हाे ।
डीडीसीकाे केन्द्रीय कार्यालय लैनचौरमा मेला हुने बताउँदै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयाँसम्म छुट पाइने जानकारी दिएकाे छ । संस्थानले एक विज्ञप्ती जारी गर्दै यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने पनि बताएकाे छ ।
संस्थानका अनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिएपछि एक हजार १५० देखि एक हजार २०० रुपैयाँ मूल्य ताेकिएकाे छ। यसैगरी, पनिरमा प्रतिकिलो १०० रुपैयाँ छुट पाइनेछ । छुटपछि ५०० ग्रामकाे पनिर ४५० रूपैयाँ र २०० ग्रामको पनिर १९० रुपैयाँमा पर्नेछ ।
यसैगरी,टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट पाइनेछ । अब २५० ग्रामको टेबल बटरको ३५० रुपैयाँ पर्ने संस्थानले जनाएकाे छ ।
एक लिटरकाे जार दहीमा १५ रुपैयाँ छुट संस्थानले दिएकाे छ । एक लिटर १९० रुपैयाँ पर्ने दही अब १७५ रुपैयाँमा पाइने भएको छ ।
एक लिटरकाे पोली दहीमा १४ रुपैयाँ छुट पाएर अब १५६ रुपैयाँमा पाइनेछ । प्रोबायोटिक दही जारको प्रतिलिटर २० रुपैयाँ छुट हुनेछ । अब उक्त दही २०० रुपैयाँमा पाइने भएकाे छ ।