नयाँपुरानो मोबाइल एप र इभो स्टोरले विशेष स्मार्टफोन एक्सचेन्ज क्याम्प आयोजना गर्दै
काठमाडौँ । आफ्ना पुराना स्मार्टफोनहरू विक्री गर्नका लागि सजिलो एप – नयाँपुरानो मोबाइल एपले एप्पलका इलेक्ट्रोनिक्स सामानहरूको प्रख्यात बिक्रेता इभो स्टोरसँग नवीनतम साझेदारी गर्दै पुराना स्मार्टफोनको सट्टा नयाँ आइफोन किन्न सकिने सहज प्रावधान गरेको छ ।
यही असोज २३ गतेदेखि तिहारसम्म लागू गरिएको यो एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले नयाँपुरानो एक्सचेन्ज मोबाइल एपमार्फत् आफ्ना पुराना फोनहरू नयाँ आइफोनहरूसँग साट्ने अवसर पाउनेछन् । यो एक्सचेन्ज क्याम्पबाट ग्राहकहरूले आफ्नो पुरानो फोनमा थप रू. ३००० सम्मको अधिक मूल्याङ्कन पनि प्राप्त गर्ने प्रावधान नयाँपुरानो मोबाइल एपका अभिशेक अग्रवालले बताए ।
नयाँपुरानो मोबाइल एप विगत २ वर्षदेखिदेखि स्मार्टफोन ग्राहकहरूको व्यापारका लागि भरपर्दो र सहज प्लेटफर्मको रूपमा परिचित छ। आइफोनको रिटेल उद्योगमा भरपर्दो नाम – इभो स्टोरसँगको यो साझेदारीले सीमित-समयसम्म चल्ने यो योजनालाई अझ आकर्षक बनाएको पनि छ ।
“इभो स्टोरसँगको यो सहकार्य नयाँपुरानो मोबाइल एपका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गालाई बनेको छ। हामी हाम्रा प्रयोगकर्ताहरूलाई सजिलो र सुविधामुलक योजनाहरू प्रदान गर्नमा विश्वास गर्छौं, र यो योजनामा पनि हामीले त्यही सहजता र नवीनता ल्याउने प्रयास गरेका छौं – थप मूल्याङ्कन गरेर । पुराना स्मार्टफोनलाई आइफोनमा नै एक्सचेन्ज गर्ने सुविधाले हामीले ग्राहकलाई प्रविधिसँग पनि नजिक राख्न सक्छौ”, नयाँपुरानो एपका अग्रवालले भने ।