बेलाको ‘दसैंको बहार, उपहार नै उपहार’

काठमाडौं । बेलाको कम्पनीले उपभोक्तालाई ‘दसैंको बहार, उपहार नै उपहार’ नामक योजना ल्याएको छ । हरेक सामान खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक सामग्री खरिदमा १०% छुट गरिएको छ भने स्क्य्राच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीको दाबी छ ।
अभिनेता प्रदीप खड्का ब्रान्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजिरेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोभ, राइस कुकर, आइरन, इलेक्ट्रिक किट्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृहउपकरण नेपाली बजार ल्याएको छ।