हिमालयन बैंकले गर्यो जिल्ला प्रहरी परिसर काठमाडौंलाई ५ थान गोप्रो क्यामेरा सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पाँच थान गोप्रो हिरो क्यामेरा सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख ६७ हजार ५ सय मूल्य बराबरको इन्स्टा ३६० चेस्ट स्ट्र्याप सहित ५ थान गोप्रो हिरो क्यामेरा ९ जिल्ला प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौंै जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुड ढुंगेललाई एक समारोहको बीच हस्तान्तरण गरेका थिए ।