एनआईसी एसिया क्यापिटल र फोनपेबीच सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं । एनआईसी एसिया क्यापिटल र फोनपे बिच सेवा उपलब्ध गराउने सम्झौता भएको छ। फोनपेमा कार्यरत कर्मचारीहरू एनआईसी एसिया क्यापिटलबाट उपलब्ध हुने सेवाहरू सहित, धितोपत्र बजार, लगानी व्यवस्थापन सेवा तथा लगानी व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो।
उक्त सम्झौता अनुसार एनआईसी एसिया क्यापिटलले फोनपेमा कार्यरत कर्मचारीहरूलाई क्यापिटलले उपलब्ध गराउने छ।
जसमा लगानी व्यवस्थापन, लगानी व्यवस्थापन परामर्श, निःशुल्क डिम्याट सहित मेरो शेयर खाता, एसआइपि(सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान)को विशेषता, एसआइपिमा सहभागी हुने तरिका तथा फाइदाहरूका साथै धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरणहरू, दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ भन्ने विषय हुने छन्। लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरूको सम्बन्धमा आवश्यक तालिम तथा प्रशिक्षण समेत प्रदान गर्ने सम्झौतामा उल्लेख छ।