सोनापुर मिनरल्सको आइपीओ बुधबार बाँडफाँड हुने
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सर्बसाधारणमा जारी गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ। कम्पनीको आइपीओ बुधबार बाँडफाँड गर्ने गरी तयारी गरिरहेको एनआइबिएल एस क्यापिटलले जनाएको छ।
कम्पनीको आईपीओ निष्काशन भएको पाँचौ दिनसम्ममा ११ लाख १३ हजार ८५५ले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँको एक करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीको आइपीओमा आवेदन दिन झण्डै डेढ लाखको हात खालि हुने छ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।