इन्फिनिक्सका कुनै पनि फोन किन्दा हरेक दिन तीन जनाले ‘हट थर्टी आई’ पाउने

काठमाडौं । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सका कुनै पनि फोन किन्दा इन्फिनिक्स ‘हट थर्टी आई’ (८ जीबी र्याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज) जित्न सकिने भएको छ । कम्पनीले दशैं, तिहार र छठको अवसरमा हरेक दिन तीन जना ग्राहकलाई ‘हट थर्टी आई’ दिने गरी अफर ल्याएको हो ।
आगामी मंसिर ३ गतेभित्र इन्फिनिक्सका कुनै पनि फोन खरिद गर्ने ग्राहक यस अफरमा स्वत: समावेश हुने कम्पनीले जनाएको छ । तिनै ग्राहकहरू मध्येबाट प्रत्येक दिन तीन जनालाई ‘हट थर्टी आई’ दिने कम्पनीकाे भनाइ छ ।
यसका लागि कम्पनीले लक्की ड्रमार्फत विजेता भएका व्यक्तिहरूकाे नाम आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घाेषणा गर्नेछ ।