लक्ष्मी र सनराइज क्यापिटल लिमिटेडबीच मर्जर सम्झौता

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक-आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड मिति २०८० साल असार २८ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ गरिसकेको छ । लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरू छुट्टाछुट्टै रूपमा प्रवाह गरिरहेका छन् ।
धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा २९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरू आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच आपसमा गाभ्ने/गाभिन लागेको हो ।
मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।