सुरू भयो दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था International Organization of Securities Commission (IOSCO) को आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यहि २०८० असोज १५ देखि असोज २१ गतेसम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता– २०२३ आयोजना गरिएको छ ।
असोज १९ गते हाजिरी जवाफ प्रतियोगिताको प्रथम चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागि भएका ३२ वटा कलेजका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको टोलि मध्यबाट निम्न बमोजिमका ८ वटा कलेजहरु द्धितीय चरणका लागि छनौटमा पर्न सफल भएका छन् ।
सहभागी भएका कलेजहरु काठमाडौ कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज रहेका छन् ।
त्यस्तै, द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि आउँदो असोज २१ गते आईतबारका दिन हुने सेमिफाइनलमा प्रतिस्पर्धा गरी विजय हुन सफल ४ वटा टोलि सोहि दिनहुने अन्तिम चरणको प्रतिस्पर्धामा सामेल हुनेछन् । विजय टोलिलाई आयोजकका तर्फबाट प्रथम पुरस्कार स्वरुप १ लाख रुपैयाँ, द्धितीय पुरस्कार रु.५० हजार र तृतीय परस्कार २५ हजार प्रदान गरिनेछ ।
उक्त समारोहको अन्तिम दिन २०८० असोज २१ गते आइतबारका दिन हाजिरी जवाफ कार्यक्रम समाप्त भए पश्चात नेपाल धितोपत्र बोर्ड तथा आयोजक संस्था MBAN संयुक्त रुपमा पुरस्कार वितरण गरिने संघले जनाएको छ ।