कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । असोज १९ गते, शुक्रबार बैंक र नारायण गोपालचोक चक्रपथ, काठमाडौंस्थित मल्पी कलेजबीच सम्झाैता भएकाे हाे ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।