नेपाल बैंकको कामु सिईओमा समता पन्त नियुक्त
![nepal-bank nepal-bank](https://www.arthikpati.com/wp-content/uploads/2023/10/nepal-bank-900x408.jpg)
काठमाडौं । नेपाल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (कामु सिईओ)मा समता पन्त नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका सिईओ कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकिएको थियो । अधिकारी बिदाइ भएपछि रिक्त रहेको सो पदमा पन्तलाई कामु सिईओको जिम्मेवारी दिइएको हो ।