कुमारी बैंक र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच बैंकका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंककाे आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।