क्रोम्पटनको दसैँतिहार विशेष योजना सार्वजनिक

काठमाडौँ । ईन्डियाको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘यस दसैँ तिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले यो योजनाको लाभ भाद्र २८ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजीका विक्रेताकहाँ गई उठाउन सक्नेछन् ।
यस योजनाको अवधिभरि हरेक साता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्शन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई Midea को साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरूप प्रदान गरिनेछ।
साथै, पुराना भएका सामाग्री फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।
यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन्। नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ ।