राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्दै गर्ने भएको छ । राष्ट्र बैंकले असोज १८ गते बोलकबोल मार्फत विकास ऋणपत्र २०८८ ‘ङ’ (८ वर्षे) बिक्री गरिने भएको हो ।
ऋणपत्र निष्काशन हुने रकम १० अर्ब रुपैयाँ रहेको छ । जसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने छ । यस ऋणपत्रको बोलकबोल असोज १८ गते अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ । यसमा अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । घटिमा ५० हजार र बढिमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।