चैनपुर र विर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय सोरुमहरूको उद्घाटन
काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवम् वितरक नेपाल ल्युब आयलले चैनपुर संखुवासभा र विर्तामोड झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय सोरुमहरूको उद्घाटन गरेको छ।
नेपाल ल्युब आयलले चैनपुरमा आफ्नो आधिकारिक विक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारिक विक्रेता साहारा कृषि अनुसन्धान तथा विकास कम्पनीको नयाँ सोरुम उद्घाटन गरेको हो।
ग्राहकलाई उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने लक्ष्य अनुरुप नयाँ सोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै विकट र निकट स्थानहरूमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
लक्की सप्लायर्स सोरुमको उद्घाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्पाको उपस्थितिमा गरेका हुन्।
यस्तै, साहारा कृषि अनुसन्धान तथा विकास कम्पनीको सोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन्।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो। यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउने कम्पनीको दाबी छ।