कात्तिक ७ गते विजयादशमी, उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
काठमाडौं । दशैँकाे विभिन्न साइत सार्वजनिक गरिएकाे छ । यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेट रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको साइत असोज २८ गते आइबार बिहान ११ बजेर २९ मिनेट रहेको जनाएकाे छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुनेछ । समितिका अनुसार कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले बताएको छ ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि बडादशैं सुरु हुन लागेकाे हाे । कात्तिककाे पहिलो साता बडादशैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ सकिनेछ ।