स्लाइसमा कालाे लेदाे भेटेपछि काठमाडाैं महानगरले गर्याे कारवाही

काठमाडौं। काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी “बरुण वेभरेज” लाई कारवाही गरेको छ । महानगरले स्लाइसमा अखाद्य वस्तु भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका–३२मा रहेकाे कालिमाटीस्थित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको हाे । महानगरका अनुसार बजार अनुगमन गर्दा स्लाइसमा कालो लेदो पदार्थ पाइएकाे हाे ।
पछिल्लो समय काठमाडाैं महानगरपालिकाले नियमित अनुगमन गरिरहेकाे छ । महानगरले प्याकिङ पछि भौतिक र रासायनिक दुवैमा अनिवार्य गुणस्तर मापन गर्न र अखाद्य स्लाइसको लटमा उत्पादन भएका अन्य उत्पादनहरुको पुनः गुणस्तर परीक्षण गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ ।