विश्व बजारमा नकारात्मक संकेतकाबीच भारतीय शेयर बजारमा पनि गिरावट
बिहीबार भारतीय शेयर बजारमा गिरावट देखिएकाे छ । विश्व बजारमा नकारात्मक संकेतकाबीच विदेशी पूँजीको निरन्तर निकासीका कारण यस दिन सेन्सेक्स र निफ्टी करिब एक प्रतिशतले घटेको छ ।
यसैगरी, रिलायन्स इन्डस्ट्रीज, इन्फोसिस र आईटीसीको शेयरमा बिक्रीचापले पनि बजारमा असर गरेको हाे ।
बीएसईका ३० शेयरहरूमध्ये सेन्सेक्स आज ६१०.३७ अंक वा ०.९२ प्रतिशतकाे गिरावट हुँदा ६५,५०८.३२ विन्दुमा बन्द भयो। कारोबारको क्रममा यो ६९५.३ अंक वा १.०५ प्रतिशतले घटेर ६५,४२३.३९ विन्दुमा झरेको छ ।
नेशनल स्टक एक्सचेन्जको निफ्टी पनि १९२.९० अंक वा ०.९८ प्रतिशतले घटेर १९,५२३.५५ विन्दुमा बन्द भएकाे छ ।
नेशनल स्टक एक्सचेन्जको निफ्टी पनि १९२.९० अंक वा ०.९८ प्रतिशतले घटेर १९,५२३.५५ विन्दुमा बन्द भयो । सेन्सेक्सको सेयरमा टेक महिन्द्रा सबैभन्दा बढी ४.५९ प्रतिशतले घटेको थियो।
यसबाहेक एशियन पेन्ट्स, विप्रो, कोटक महिन्द्रा बैंक, बजाज फिनसर्भ, इन्फोसिस, आईटीसी, महिन्द्रा एन्ड महिन्द्रा, हिन्दुस्तान युनिलिभर, इन्डसइन्ड बैंक, रिलायन्स इन्डस्ट्रिज र जेएसडब्ल्यू स्टिलको शेयर पनि घटेकाे छ ।
यस्तै, लार्सन एण्ड टुब्रो, भारती एयरटेल, पावर ग्रिड र एक्सिस बैंकको शेयर बढेकाे छ।
एशियाली बजारमध्ये सांघाई कम्पाेजिट इन्डेक्स बढेको छ भने टोकियोकाे र हङकङकाे घटेर बन्द गएको छ । दक्षिण कोरियामा बिदाको दिन भएका कारण बिहीबार काराेबार बन्द थियो।
युरोपेली शेयर बजारमा गिरावट देखिएको छ । अमेरिकी शेयर बजारमा भने बुधबार मिश्रित काराेबार देखिएकाे थियाे ।
ग्लोबल आयल बेन्चमार्क ब्रेन्ट क्रुड ०.३८ प्रतिशतले घटेर प्रति ब्यारेल ९६.१८ डलरमा पुगेको छ।
एजेन्सी