एनआइएमबी एस क्यापिटल लिमिटेडको जेनेरल म्यानेजरमा सचिन्द्र ढुंगाना
काठमाडौँ । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी श्री ढुंगानाले कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नेछन् ।
द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढेका ढुंगानाले आफ्नो करियरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएका छन् । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गरेर उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएका छन् ।
लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभवको साथ ढुंगानाको निर्णायक भूमिका सम्मको यात्रा महत्वपूर्ण उपलब्धिहरूद्वारा अंकित छ । उनले एसआर पाण्डे एण्ड कम्पनीमा अडिटर म्यानेजरको रूपमा छ वर्षभन्दा बढी समय बिताएका थिए । १.८ वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभागको प्रमुखको रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फण्डको वृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।
ढुंगानाले बढुवा अगावै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेका थिए । उनको नेतृत्व र वित्तीय कुशलता उनको कार्यकालमा कम्पनीको उपलब्धिहरूमा सहायक बन्न सफल भएको थियो । साथै उनले हेड अफ मर्चेन्ट बैंकिङ युनिटको रूपमा पनि काम गर्दा नेपाली पुँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकारको रुपमा सेवा प्रदान गरेका थिए ।
ढुंगानाको जेनेरल म्यानेजरमा नियुक्ति हुनुले उनको असाधारण योगदान, नेतृत्व र वित्तीय उद्योगमा उत्कृष्टताप्रतिको प्रतिबद्धता झल्काउने जनाएको छ । उनले यस नयाँ भूमिका सम्हाल्दै गर्दा एनआइएमबी एस क्यापिटल लिमिटेड उहाँको बृहत् अनुभव, ज्ञान र समर्पणले कम्पनीको निरन्तर सफलतालाई अगाडि बढाउने कुरामा विश्वस्त छ ।