अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति
काठमाडौं। नेपाल र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो ।
मंगलबार जारी भएको संयुक्त वक्तव्यमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको जनाइएको छ । चीनको जिलोङ (केरुङ)–रसुवागढी–चिलिमे २२० केभी क्रसबोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गर्ने सहमति भएको हो ।
यस्तै, अरनिको राजमार्गको चौथो चरणको विस्तार, काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तार काम सुरु गर्ने लगायत सहमति भएको संयुक्त वक्तव्यमा उल्लेख छ । दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।
यस्तो छ संयुक्त विज्ञप्ति