एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब
काठमाडौं। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनामै साढे ८ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा २० वटा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसअवधिमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । यसले ९९ करोड २३ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । यस्तै, दोस्रोमा नबिल बैंकले ७५ करोड ५५ लाख र तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यसले १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।