असोज १० गतेदेखि जावलाखेलमा जुत्ता चप्पल मेला हुँदै, प्रवेश निःशुल्क
काठमाडौं । ललितपुर जिल्लाको प्रमुख सांस्कृतिक सहर ललितपुर महानगर पालिका अन्तरगत जाउलाखेल खेल मैदानमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । उक्त मेला असोज १० गते देखि कार्तिक ३ गते सम्म आयोजना हुन लागेको हो ।
‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्राण्डहरुलाई आम उपभोक्ताहरुको वीचमा परिचित गराउने, उपभोक्ताहरुको बीचमा पु¥याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ उक्त मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।
के के हुन्छ मेलामा ?
– मेला अवधि २०८० आश्विन १० गते देखि २०८० कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।
– वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् ।
– मेला बिहान ९ बजे देखि बेलुकी ७ बजे सम्म खुल्ला रहनेछ ।
– मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि।एफ डियर हिल र वि।एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ ।
– मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।
– मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् ।
– नयाँ उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् ।
– मेला अवधि भर विशेष छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।
– मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।
– निःशुल्क प्रवेश ।