एनईपीएसको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (एनईपीएस)को अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त भएका छन् ।
न्यौपाने माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी यसअघि माछापुच्छ्रे बैंककै तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरेका छन् ।
विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन् ।
साथै उनीसँग बैंकिङ्ग क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरेको अनुभव छ ।