युनिभर्सल पिस स्यान्चुअरीले मनायो विश्वव्यापी शान्ति महोत्सव
काठमाडौं । गैर–नाफामूलक संस्था युनिभर्सल पिस स्यान्चुअरीले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विश्वव्यापी शान्ति महोत्सवको आयोजना गरेको छ ।
असोज ४ गते आयोजना गरिएको कार्यक्रममा आयोजकसमेत रहेका श्याल्पा तेन्जिङ् रिन्पोचेको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख आतिथितका रूपमा रहेकी थिइन् ।
महोत्सवमा रिन्पोचेले युनिभर्सल पिस स्यान्चुअरी (विश्वव्यापी शान्ति अभियान)को परिचय दिएका थिए ।
कार्यक्रममा ‘मायादेवीः द अन्कन्डिसनल लभ’ नामक नाटकसमेत प्रस्तुत गरिएको थियो । यो कार्यक्रम युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पिस स्यान्चुअरीका लागि सहयोगमा केन्द्रित रहेको आयोजकले जनाएको छ ।