उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हतोत्साहित बनायो : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन्। शुक्रबार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए।
सरकारको नीति व्यवसायलाई सहजीकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको उनकाे भनाइ थियाे। कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो उनले गरे। पछिल्लो समय सरकारको कानुनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको आरोप उनले लगाए।
उनले आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए। व्यवसायीहरु अग्रिम जमानतमार्फत् फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुपमा पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको उनकाे भनाइ थियाे।
सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने भनाइ उनले राखेका थिए।