सिटिजन्स बैंकले यस वर्ष ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले यस वर्ष ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधरामा कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भए आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले ८२ करोड २१ लाख ६१ हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत वर्ष भने कुल ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पछिल्लो दुई आर्थिक वर्ष बैंकले नगद लाभांश वितरणमा जोड दिएको हो ।