ग्रेस ईभेन्टसले सातौँ वार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसनको दोस्रो वार्षिक उत्सव सम्पन्न
काठमाडौँ । ग्रेस ईभेन्टसले सातौँ वार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसनको दोस्रो वार्षिक उत्सव गएको शनिवार मनाएको छ । कार्यक्रम सञ्चालक आवाजको दुनियाँको साथी दिनेश डिसीका साथ भव्यताका साथ सु-सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विशिष्ट अतिथि चौतारा सागांचौकगढी नगरपालिकाका उप-प्रमुख सिता थापा रहेका थिए ।
ग्रेस ईभेन्टसको सातौँ तथा फुर्लिमा फाउन्डेसनको दोस्रो वार्षिक उत्सव का अवसरमा “फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०”, फेशन शो तथा सङितिक कार्यक्रम आयोजना गरिएको ग्रेस ईभेन्टसका सञ्चालक सुरज थापाले बताए ।
ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसनका स्थापक अध्यक्ष मिङ्मा शेर्पाले ग्रेस ईभेन्टसको सातौँ वार्षिक उत्सव तथा फुर्लिमा फाउन्डेसनको दोस्रो वार्षिक उत्सव मनाउन पाउँदा साहै खुसी लागेको बताइन् । उनले ग्रेस ईभेन्टसको सात वर्षको यात्रामा ग्रेस ईभेन्टसलाई साथ, सहयोग तथा सल्लाह दिने सबैमा न्यानो माया व्यक्त गरिन् ।
वरिष्ठ संगितकार शम्भुजीत बास्कोटा, वरिष्ठ कलाकार बशुन्धरा भुषाल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, गायक महेश काफ्ले, फिल्मी पत्रकार बर्षा बस्नेत, फुटबल खेलाडी डोना थापा तथा सामाजिक अभियन्ता मुस्कान खातुनलाई “फुर्ली स्मृति सप्तरंगी सम्मान २०८० ” बाट सम्मानित गर्न पाउँदा आफू हर्षित भएको ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसन स्थापक अध्यक्ष मिङ्मा शेर्पाले बताइन्।
कार्यक्रममा गायक सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, कलाकार अर्जुन कार्कि, नृत्यांगना बर्षा अधिकारी तथा शोना तामाङ, गायक तथा संगित निर्देशक सन्तोष सहानि, मेकअप आर्त्सित टेक राज पाण्ये लगायत का सेलिब्रेटि अतिथि हरु रहेका थिए भने मेडियाका तर्फबाट राजेन्द्र लुईटेल, सोनित राज ढुङेल, राजिव खत्री, सन्तोष कुमार थापा, देभिल सिङ्ह राजपुत, गीता अधिकारी, शर्मा जि, आशमान लोप्चान लगायतको उपस्थिति रहेको थियो।
ग्रेस ईभेन्टस मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र-छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरञ्जन खेलकुद र सौन्दर्यको माध्यम वाट उनीहरुको व्यक्तित्व तथा नेतृत्वदायी क्षमता विकास, भाषण कला, अनुशासन, आन्तरिक कला प्रदर्शन र उच्च शिक्षामा भुमिका खेल्दै वार्षिक रुपमा राजधानी तथा मोफसलमा दर्जनौ सौन्दर्य प्रतियोगिता र अन्य मनोरञ्जात्मक कायक्रमहरु आयोजना गर्दै आइरहेको महासचिव पवन कोइरालाले बताए ।