यामाहाले ल्यायो ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ’ आयोजना गरेको छ ।
यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजनामा यामाहाको कुनै पनि स्कुटर खरिद गर्दा ६ हजारदेखि एक लाख रुपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजारदेखि १ लाख रुपैयाँसम्मको क्यासब्याक, लक्की ड्र मार्फत् दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्नेछन् ।
‘हामी यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ योजना प्रस्तुत गर्न पाउँदा खुसी छौं’, एमएडब्लु टु ह्वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले भने । यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देशमा रहेका यामाहाका सबै अधिकृत शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यामाहा फेस्टिभ सेलिब्रेशन विथ रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने लक्ष्य राखेको छ ।
स्योर सट क्यासब्याक, दैनिक यामाहा राइडिङ ज्याकेट, आइफोन १४ को साप्ताहिक उपहार, र प्रत्येक महिना जापानको यात्रा लगायत विभिन्न अफरहरू सहित, यो योजना ग्राहकलाई अधिकतम लाभ दिनको लागि डिजाइन गरिएको कम्पनीले भनाइ छ । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू फाइनान्सको सुविधासमेत लिनसक्नेछन् ।