मौलिक भान्छाघरले ४२ व्यञ्जन परिकारको दर खाने कार्यक्रम आयोजना गर्ने
काठमाडौं । वल्र्डमार्ट युनिक सोलुशन प्रालिद्धारा सञ्चालित अर्गानिक फार्म हाउस तथा मौलिक भान्छाघर र मौलिक बजारले हिन्दु नारीको महान चाड हरितालिका तीजको अवसरमा भदौ ३० र ३१ गते ४२ व्यञ्जन परिकारको दर खुवाउने र ४२ व्यञ्जन परिकार मेला निरन्तर आयोजना गर्ने भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नंं १०, गैह्रिधारा, आकाशधारा, कपन, काठमाडौंमा दिउँसाे १ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म कार्यक्रम हुने भएकाे हाे ।
मौलिक भान्छाघरले तीजको दर खाने अवसरलाई लक्षित गरी विशेष छुट सहित चाहे जति मात्रामा ४२ व्यञ्जन खाने गरी स्टल बुफे थाली प्याकेज पनि ल्याएको छ । मौलिक भान्छाघरले ४२ परिकारको बुफे/थाली प्रति व्यक्ति एक हजार ९९९ रूपैयाँको मात्र ९९९, बुफे प्रति जोडी २ हजार ९९९ को एक हजार ९९९, कम्बो बुफे ४ जना ३ हजार ९९९ को २ हजार ९९९ र कम्बो बुफे ५ जना भन्दा माथिको लागि प्रति थाली ९९९ को अब मात्र ७०० सयमा उपलब्ध गराएको छ । भदौ अन्तिम साता अर्थात हरितालिका तिजबाट सुरु गरेर यो प्याकेज १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार नियमति रुपले सञ्चालन गर्न लागेको छ ।
देशभरि उत्पादन भएका स्थानीय मौलिक उत्पादन ७५३ पालिकाबाट संकलन गरी प्याकेजिङ, ब्रान्डिङ समेत गरी सुपथ मुल्यमा खरिद बिक्री व्यवस्थापन गर्दे आएको मौलिक बजारले अब प्रत्येक पालिका र कृषक हाटबजार सहभागीतामा उत्पादन मेला (स्टल) हाटबजारमा सहभागी हुनका लागी आव्हान गरेको छ । साथै ८४ व्यञ्जन मध्ये ४२ व्यञ्जनको थाली सहित सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । देशभर ७५३ पालिका मध्येबाट उपलब्ध संकलित उत्पादन भान्साघरमा पकाएर खाने/खुवाउने र पालिकाले स्टल राखी खरिद तथा विक्री वितरण समेत गरिने सप्ताहन्त कार्यक्रमको मूल लक्ष्य रहेकाे बताइएकाे छ ।
२०८० भदौ २८ गतेदेखि ३१ गतेसम्म तीज (दर) विशेष कार्यक्रम सञ्चालन गरिने छ । सो कार्यक्रममा उल्लिखित
- ४२ परिकारको दरको चाहेजति मात्रामा खाने गरी स्टल राखिने छ ।
- विशेष छुटमा दरको ४२ व्यञ्जन उपलब्ध गराइने छ ।
- विशेष छुटमा मौलिक उत्पादन खरिद बिक्री गरिनेछ ।
- स्थानीय पालिकालाई मौलिक उत्पादन तथा विभिन्न जातजाति विशेष रैथाने खाना प्रवद्र्धनका लागि स्थान उपलब्ध गराउनेछ ।
- होममस्टे सहित आफैंले खाना पकाएर खान चाहेमा पनि सोको समेत व्यवस्था रहेको छ ।
मौलिक भान्छाघरले हरितालिका तीजको अवसरबाट सुभारम्भ गरी १ वर्षसम्म हरेक हप्ताको शुक्रबार र शनिबार मौलिक उत्पादन र ८४ व्यञ्जन खानपिन मेला २०८० आयोजना गरिरहेकाे छ ।
https://drive.google.com/file/d/1nZN04Vpar0pJqyJEQ4oixNpK96MFu0GY/view?usp=sharing