सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई १४.७० प्रतिशत लाभांश दिने भएको हो।
गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हाे।
भदौ २८ दिउँसो ४ बजे बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई उक्त निर्णय गरेकाे हाे ।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र उक्त लाभांश वितरण हुनेछ।