‘आरबिबिएल इभि लोन फेस्टिभ अफर’ सार्वजनिक
काठमाडौं । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले हाम्रो देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च हुने गरेको हुँदा त्यसको खपत घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु यस बैंकको पनि नैतिक दायित्व हो, जसलाई पुरा गर्ने उद्देश्य अनुरुप नजिकिँदै गएको नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यही आज भदौ २६ गते मंगलवारदेखि लागू हुने गरी राष्ट्रिय वाणिज्य बैंकले यो वर्षको ‘फेस्टिभ जोन, आर.बि.बि.को ई.भि.लोन’ भन्ने नाराको साथ निम्न लिखित विषेशता सहितको आरबिबिएल इभि लोन फेस्टिभ अफर भन्ने चाडपर्व विषेश योजना ल्याएको छ ।
यस योजनाका विषेशताहरुमा ९.९५ प्रतिशत ब्याज दर (सबैभन्दा न्यून), प्रशोधन शुल्क ०.२५%, अग्रीम भुक्तानी लागत मूल्यको २०%, अधिकतम कर्जा सिमा १ करोड, अवधिः यो योजना सिमित अवधिको लागि मात्र लागु रहने छ भने विषेश शर्तको रुपमा बैकले आपूर्ती आदेश दिएको १५ दिन वा योजना अवधि भित्र कर्जा लिई सक्नु पर्नेछ ।